होमपेज / समाज
प्रकाश शर्मा चैत ११,सल्यान
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको ३१ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारणसभाले वार्षिकरुपमा गरिएका गतिविधिहरुको समेत समीक्षा गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला सल्यान शाखाको वैधानिक दायित्व पूरा गर्नको लागि वार्षिक साधारण सभा गरिएको र कुनैपनि संस्था जिवन्त राख्न आफ्नो गतिविधि सभाद्वारा सार्वजनिक गर्नुपर्ने आयोजकले जनाएको छ ।
जिल्ला शाखा सल्यानका उपसभापति गणेश बहादुर बि सि को अध्यक्षता रहेको सभामा मन्त्री किशोर कुमार हमालले सांगठनिक प्रतिबेदन पेस गरेका थिए भने कोषाध्यक्ष ज्ञान प्रकाश शर्माले आर्थिक प्रदिवेदन पेश गरेका थिए । कार्यक्र मा एकीकृत सामुदायिक उत्थानसिल परियोजनाका परियोजना अधिकृत राम प्रसाद भन्डारीले परियोनाको गतिबिधि बारे प्रस्ट पारेका थिए ।





.jpg)