होमपेज / समाज
प्रकाश शर्मा फागुन ३०, दार्मा
सल्यानको दार्मा गाउँपालिकामा समुदायमा आधारित सामुदायिक संस्था र सञ्जालका सदस्यहरूलाई नागरिक स्पेस सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । दलित विकास समाज सल्यानको आयोजना र विभिन्न गैरसरकारी संस्थाको आर्थिक सहयोगमा १ दिने सुशासनमा नागरिक सहभागिता सम्बन्धी तालिम सम्पन्न भएको हो ।
तालिममा .दलित विकास समाज सल्यान जिल्ला संयोजक गुमानसिंह नेपालीले कार्यक्रमको उद्देश्यमा प्रस्ट पार्दै सुशासनमा नागरिक सहभागिता कार्यक्रम विषयमा प्रशिक्षण दिएका थिए । तालिममा विभिन्न संस्था र सञ्जालका करिब २२ जना महिलाहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्माले महिलाहरूले समाजलाई माथि उठाउन स्थानिय सरकारलाई रचनात्मक सुझाव दिन पाउनु पर्ने र सरकारले यसको ग्रहण गर्नु पर्ने बताइन । महिलाहरू आत्मा निर्णय गर्ने क्षमताको विकास भए मात्र समाजको विकास हुने बताउँदै अब महिलाहरूले परनिर्भरता र कुण्ठालाई त्यागेर आफ्नो अधिकारका लागि जुट्नु पर्ने बताइन ।





.jpg)