ट्रेण्डिङ

होमपेज / समाज

टुहुरा बालबालिकाको सहारा बन्यो एसओएस बालग्राम

  संजिब शर्मा २०७८ कार्तिक २९ गते सोमबार १६:११:०५ मा प्रकाशित

कात्तिक २९,सल्यान 

अभिभावक विहीन सल्यानका एकै घरका तीन बालबालिकाको एस.आ.एस. बालग्राम भैरहवा अभिभावक बनेको छ । 

गत कात्तिक २ गते बुवाले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेको र बुवा जेल परेपछि अभिभावक विहीन बनेका कुमाख गाउँपालिका –५ तिमिलेका चार बालबालिका टुहुरा भएका थिए । 

१३ वर्षीय डिलाराम खड्का, १० वर्षीया चन्द्रकला खड्का, ८ वर्षीय रमेश खड्का र ४ वर्षीय रिम बहादुर खड्कालाई पठनपाठन सहितको जिम्मा उक्त संस्थाले लिएको हो । 

आफन्तको शरणमा बस्दै आइरहेका चार बालबालिकालाई शिक्षा दिक्षा तथा खान समस्या भएपछि प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षको समन्वयमा ती बालबालिकाहरूलाई भैरहवा पठाइएको कुमाख गाउँपालिका– ५ का वडाध्यक्ष धर्मे बुढाथोकीले बताए । एस.ओ.एस. बालग्राम सुर्खेतमा ठाउँ नभएपछि भैरहवा लगिएको एस.ओ.एस. बालग्राम लुम्बिनीका डाइरेक्टर गोविन्द प्रसाद ढकालले बताए । 

टुहुरा बालबालिकाको घरमै पुगेर उनीहरूको सम्पूर्ण जिम्मा लिएको बताएका हुन । डिलारामले कक्षा ७, चन्द्रकलाले कक्षा ५, रमेशले कक्षा ३ र रिम बहादुरले शिशुमा पढ्दै आइरहेका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top