होमपेज / समाज
प्रकाश शर्मा कात्तिक २२,सल्यान
घरमा आगलागी हुँदा सल्यानमा १५ लाख बढीको क्षति भएको छ । जिल्लाको दार्मा गाउँपालिका – १ कोटगाउँका सुरेश चन्दको घरमा आगलागी भएको हो ।
आइतबार साँझ कोही नभएको अवस्थामा कर्कट पाताले छाएको दुई तले घरमा आगलागी भएको पिडितको भनाई रहेको छ ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाडाकुडा र चार लाख नगद जलेर नष्ट भएको पिडित सुरेश चन्दले बताए ।
आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पिडित चन्द परिवार अहिले भाइको घरमा बस्दै आइरहेका छन् ।





.jpg)