होमपेज / समाज
प्रकाश शर्मा कात्तिक १५,सल्यान
वनको कानुन तथा ऐन नियम सम्बन्धी अन्तरक्रिया कार्यक्रम दार्मा गाउँपालिकामा सम्पन्न भएको छ । दार्मा गाउँपालिका सल्यानको आयोजनामा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई कानुनी तथा नियम र ऐनका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा दार्मा गाउँपालिका भित्रका वन क्षेत्रको विद्यमान अवस्था र ऐन नियम सम्बन्धी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रशाद ढकालले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले स्थानीय सरकार र वन सरकार फरक नभएको बताउँदै राजस्व स्थानीय सरकारबाट संकलन हुने बताए । वन आफ्नो लागि मात्र भन्दा पनि भावी सन्नतीका लागि पनि निकै महत्वपूर्ण भएकाले यसको सहि तरिकाले उपयोग र संरक्षण गर्नु पर्ने बताए । वनको संरक्षणसँगै वनको उपयोग पनि गर्न जान्नु पर्ने बताए । जनजन्य उद्योग सञ्चालन गरी आर्थिक उपार्जन गर्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे ।
गाउँपालिका उपाध्यक्ष टीका शर्माले वन सबैको साझा सम्पत्ति भएकाले वनको अतिक्रमणलाई बन्द गरिनु पर्ने बताइन । मानव जीवन नै वनमा आधारित भएकाले वन विना मानव जीवन पनि समाप्त भएर जाने उनको भनाई छ । पछिल्लो समय वन फडानी, आगजनी, वन अतिक्रमण जस्ता घटना बढी रहेकाले यसलाई मानव जीवनको अस्तित्वमा नै संकट पैदा गर्ने बताए ।
डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजन वन प्रमुख रमेश गिरीले नेपालमा वनको प्रगति, समस्या, चुनौती र अवस्थाका बारेमा जानकारी दिदै वन संरक्षणमा जोड दिए । नेपाल जस्तो कृषिमा आधारित देशहरुका लागि वनको आवश्यकता र महत्व निकै रहेको उनको भनाई छ । वनको अनाधिकृत फडानी, तथा डढेलोकै कारण जलवायु परिवर्तन भइरहेको उनको भनाई छ । जल, जमिन र जंगलको संयोजनबाट मात्र मानव जीवनको रक्षा हुँन सक्ने बताउँदै उनले बढ्दो जलवायु परिवर्तनबाट अनुकुलित हुन पनि जनको सरक्षणको पहिलो शर्त भएको बताए ।





.jpg)