होमपेज / राजनीति
सरिता चलाउने चैत २३, सल्यान
जिल्लाको शारदा नगरपालिकाले अन्तर वडामा आवतजावत गर्न प्रतिवन्ध लगाएको छ । कोभिड १९ का कारण उत्पन्न परिस्थिति भन्दै वडा अन्तर गरिने आवातजावतलाई पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
शनिवार बसेको नगरकार्यपालिकाको वैठ्कले नेपाल सरकारले अन्तर जिल्ला, पालिकामा जान प्रतिवन्ध गरेको भोलिपल्ट नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका १५ वटै वडामा सरकारको नीति अनुसार एक वडाबाट अर्को वडा जान प्रतिवन्ध लगाइएको नगरप्रमुख सुरेश अधिकारीले बताए । बिरामी, स्वास्थ्यकर्मी, र अत्यावश्यक काममा खटिएका हकमा भने प्रतिवन्ध लागु नहुने उनको भनाई छ ।
यस्तै वैठ्कले विभिन्न लकडाउनमा विभिन्न संघ संस्था, व्यक्तिले आ आफ्नो तरिकाले राहत वितरण गर्ने कार्य बन्द गरी नगरले स्थापना गरेको विपद् व्यवस्थापन कोष मार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।
१५ लाख राहत कोष
नगरपालिकाले विपद् व्यवस्थापन कोषमा १५ लाख रुपैया जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसबाट उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै तत्काल १५ लाख कोषमा जम्मा गरिएको शारदा नगरपालिकाले जनाएको छ ।
शारदा नगरपालिकाको कोषमा शारदा नगरपालिका शान्तिनगर स्यानीखाल निर्माणधीन पुलका ठेकेदार पूर्ण वहादुर भण्डारीले ३० हजार रुपैया कोषमा जम्मा गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन तथा नियमावलीमा सम्पन्नता र विपन्नताको छनौट गर्ने अधिकार वडा अध्यक्षलाई दिएकाले वडा वाट सिफारिस अनुसार राहत उपलब्ध गराईने नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत लिलाधर बपालले बताए ।
यस्तै कोरोना भाइरसको जटिल परिस्थितिमा खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।





.jpg)