ट्रेण्डिङ

होमपेज / राजनीति

कोभिड १९ विरुद्ध सबै एक भएर लड्न मन्त्री रावलको आग्रह

राहत प्याकेज घोषणा

  सरिता चलाउने २०७६ चैत्र २२ गते शनिबार १७:०६:४७ मा प्रकाशित

चैत २२, सल्यान 
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कोरोना भाइरसको सक्रमण फैलिन नदिन सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताएका छन् । कोरोना भाइरसको सक्रमणका विरुद्ध र सरकार, सञ्चार माध्यम एक भएर लडनु पर्ने बताए । 
शनिबार सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रावलले  सरकारले सावधानी स्वरुप अपनाएका कदममा सहयोग गरी जोखिम बढ्न नदिन आग्रह गरे । कर्णाली प्रदेश सरकारले ५० करोडको राहत कोष स्थापना गरेको र प्रदेशका दश वटै जिल्लामा ५०/ ५० लाख पठाइ सकेको बताए । कोभिड १९ का विरुद्ध लड्न जिल्लाका अस्पतालहरुमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी करारमा भर्ना गर्न निर्देशन दिई सकेको र रकम तथा स्वास्थ्यकर्मीको अभावका कारण कुनै पनि नेपाली नमर्ने उनले दावी गरे । 
मन्त्री रावलले यदि कुनै टोल, वडामा संक्रमण देखा परे उक्त गाउँ टोलनै लक गरी डा. सहितको टोलीले उपचार गर्ने व्यवस्था मिलाइएको समेत बताए । उनले भने प्रदेश सरकारले एक जना डा. सहितको पाँच जनाको टाक्सफोर्स बनाएको छ जुन ठाउमा समस्या आउछ उक्त स्थानमा यो टोली पुग्ने छ र उपचार गर्ने छ । 


यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्र प्रकाश ज्वालाले प्रदेश सरकारले दुई तीन दिन भित्रै राहत प्याकेज घोषणा गर्ने बताए । जनसंख्या, ज्याला मजदुरी गर्ने सख्या, विपन्न समुदायलाई आधार बनाएर राहत प्याकेज स्थानीय तहमा वितरण गरिने बताए । 
प्रदेश सरकारले जिल्ला अस्पतालर स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री खरिद गर्न थालेको बताए । कर्णालीका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री र औषधी पु¥याउन टेन्डर गर्न थालेको बताए ।   
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top