होमपेज / राजनीति
सरिता चलाउने चैत २०, सल्यान
सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने विपन्न वर्गहरुलाई खाद्यान वितरण गरेको छ । निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यन वितरण गरेको हो ।
लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेकोे नगरप्रमुख शुरेस अधिकारीले बताए ।उन अनुसार खाद्यनमा दाल, चामल, नुन, तेल र सरसफाईको लागी साबुन वितरण गरिएको छ ।
लकडाउनको अवधीभर पुग्ने गरी शारदा नगरपालिका भित्रका सबै विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने उनले बताए ।

नगरपालिकाले १ सय १० जनालाई राहत वितरण गरेको जनाएको छ । ४ वडा नम्वर २०जना , वडा नम्वर १ मा १९ जना २ मा ७१ जनालाई वितरण गरिएको छ । नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या एकिन हुन वित्तिकै राहत वितरण गरिने छ । नगरपालिकाले विपन्न परिवारलाई १५ दिन पुग्ने गरी खाद्यान्न राहत उपलब्ध गराएको जनाएको छ ।





.jpg)