ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानको वार्षिक साधारण सभा सम्पन्न

  सरिता चलाउने २०८० जेठ ६ गते शनिबार १९:०१:३६ मा प्रकाशित

जेठ ६,सल्यान 
प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानको वार्षिक साधारण सभा  सल्यान खलंगामा सम्पन्न भएको छ । साधारण सभामा वार्षिक प्रतिवेदन र आय व्यय प्रस्तुत गरिएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रत्न बहादुर ओलीले प्रेस सन्टर र यसका शाखालाई मजबुत पार्दै पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनु भयो । प्रेस सन्टरलाई पत्रकारितालाई केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा उहाँको जोड रहेको छ । उहाँले भुटानी शरणार्थी, भ्रष्टचारको विषयमा वर्तमान सरकारले उठाएको कदमलाई सबैले साथ र सहयोग गर्न आवश्यक रहेको बताउँदै समृद्ध र शुशासन सहितको नेपाल निर्माणमा हातेमालो गर्नु पर्ने बताउनु भयो । 

यस्तै प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्माले पत्रकारको न्युनतम हक हित र पत्रकारिता पेशालाई जिम्मेवार र जवाफदेही बनाउन प्रेस सन्ेटर लागि परेको दावी गर्नु भयो । प्रेस सेन्टरलाई बलियो बनाउन अध्ययन र लेखन कार्यलाई जोड दिनु पर्ने बताउनु भयो  । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य डिल्लीराज रावत, दीपक शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो । 

साधारण सभाले नेपाल पत्रकार महासंघले अघि सारेको संगठन सुद्धद्धिकरण अभियानलाई सल्यानमा पनि कडाईका साथ लागु गर्न  आग्रह गर्दै यस कार्यमा प्रेस सेन्टरमा सधै साथ सहयोग हुने जनाएको छ । यस्तै जिल्लाका पालिकामा भएका शाखाहरुको भेला सम्मेलन नभएका पालिकामा भेला सम्मेलन गर्ने र गठन नभएका पालिकामा गठन गर्ने निर्णय समेत गरेको प्रेस सेन्टर नेपाल सल्यानका सचिव इन्द्र बुढाथोकीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top