ट्रेण्डिङ

होमपेज / राजनीति

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध हुन्छ: मन्त्री ज्वाला

  सरिता चलाउने २०७९ चैत्र ३० गते बिहीबार १९:३१:३८ मा प्रकाशित

चैत ३०सल्यान
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समय अवधि भित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध गरिने बताउनु भएको छ । ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध गरिने बताउनु भएको हो । 

नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार सल्यान खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले जुनसुकै ठाउँबाट दवाब आए पनि काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिने बताउनु भयो । 

उहाँले भन्नु भयो ‘निर्माण व्यवासायीहरुले  ठेक्का लिने र होल्ड गर्ने काम भईरहेको छ ।  ठेक्का लिएर सम्झौता भइ सकेपछि, हामी काम गराउनेमा जान्छौ, उपाय नै भएन भने त्यो ठेक्का हामी तोडछौ, र तत्काल नयाँ ठेक्का प्रक्रियामा जान्छौ ।’  बिकास निर्माणका योजना प्रति बदमास र बेइमानी गर्ने कुनै निकायलाई छुट नभएको भन्दै मन्त्री ज्वालाले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्ने बताउनु भयो । 

कतिपय योजनामा टेण्डर नै नपर्ने, कतिपय योजनामा टेण्डर परेर सम्झौता हुने तर काम अगाडी नबढने समस्या देखिएकाले यसलाई तत्काल सुधार गर्ने र लामो समय देखि  अलपत्र परेका गौरवका महत्वपुर्ण योजनालाई महत्व दिएर काम गर्ने बताउनु भयो  ।   
उहाँले उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्नका निम्ति मद्धत गर्ने  खालका योजनामा पनि जोड दिने र ढिलाई भएका बिकास निर्माणका कामलाई प्राथामिकता दिने बताउनु भयो ।  

मन्त्री ज्यवालाले यातायात क्षेत्रमा बिचौलियाको चलखेलले गर्दा जनताले दुख पाएको, भाँडादर जथाभावि लिएको गुनासो आएकोले यसलाई सुधार गर्ने बताउनु भयो । बिस बर्षे पुराना चल्न नसक्ने गाडी चलिरहेकाले यसले दुर्घटनाकाको जोखिम बढेकाले यसलाई ध्यान दिने बताउनु भयो । 
यसै विच मन्त्री ज्वालाले राप्ती लोक मार्ग र मदनभण्डारी राजमार्ग आफ्नो प्रमुख पा्रथामिकता भएकोे बताउनु भएको छ । सल्यानी जनताको प्रमुख समस्या राप्ती लोक मार्ग भएको बताउँदै आफ्नो कार्यकालमा नै लोक मार्गको पूर्ण रुपमा स्तरोन्नति गर्ने र आगामी दिन टु वे वनाउने गरी तयारी गर्ने बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top