होमपेज / राजनीति
असोज २३,सल्यान
सल्यानमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन सम्पन्न भएको छ । आइतबार भएको मनोनयनमा प्रतिनिधि सभा सदस्यमा ६ र प्रदेश सभा सदस्यमा १० जनाको उम्मेदवारी परेकोको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार प्रतिनिधि सभा सदस्यमा मालेबाट भिम बहादुर वली, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीका प्रकाश ज्वाला, राप्रपाका नेत्रलाल श्रेष्ठ, स्वतन्त्रबाट राजेन्द्र बहादुर शाह, नेकपा एमालेबाट राजेन्द्र वीर राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटाले उम्मेदवारी दिनु भएको छ ।
प्रदेश सभा सदस्य (क)मा राप्रपाका शिव बहादुर वली, नेकपा माओवादी केन्द्रका भीम प्रकाश शर्मा, स्वतन्त्रबाट एकराज डाँगी, एमालेका कुल बहादुर गिरी, र स्वतन्त्रबाट तुले सुनारले उम्मदवारी दिनु भएको छ ।
यस्तै प्रदेश सभा सदस्य (ख)मा स्वतन्त्रबाट निर्मल सिहं, राप्रपाका नारायण कुमार शर्मा, नेपाली कांग्रेसका सुरशे अधिकारी, एमालेका गुलाब जंग शाह र राष्ट्रिय जनमुक्ति पार्टीका डण्डविर पुनको उम्मेदवारी परेको छ ।






.jpg)