ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सल्यान प्रदेश सभा सदस्य (क) का लागि प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस

  सरिता चलाउने २०७९ भाद्र १६ गते बिहीबार १७:५१:०५ मा प्रकाशित

सरिता चलाउने भदौ १६,सल्यान

नेपाली कांग्रेस सल्यान प्रदेश सभा (क) क्षेत्रिय कार्य समितिले प्रदेश सभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बिहीबार बसेको क्षेत्रिय कार्य समितिको बैठकले आउदो मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि  प्रत्यक्ष तर्फ तीन  र समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको हो । 

प्रत्यक्ष तर्फ  एकराज डाँगी,  नेत्रलाल वली र सुरेश चन्दको नाम सिफारिस गरेको छ ।  
यस्तै समानुपातिकमा महिला तर्फ चन्द्रकला हमाल, बिमला डाँगी वली र लक्ष्मी सुनारलाई सिफारिस गरेको छ ।  दलित तर्फ चक्रे दमाई, प्रेमनारायण बिक, जनजाति तर्फ, काली बहादुर घर्ति मगर, ज्ञानदेव घर्तिलाई सिफारिस गरिएको छ । खसआर्यतर्फ गोरख बहादुर केसी, दिपेन्द्र कुमार खत्री र रुद्र बहादुर चन्द सिफारिस गरेको  नेपाली कांग्रेस सल्यानले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top