ट्रेण्डिङ

होमपेज / राजनीति

गणतन्त्र दिवसको अवसरमा सल्यानका दुई कैदीको कैद मिनाहा

  सरिता चलाउने २०७९ जेठ १५ गते आइतबार १०:४७:४६ मा प्रकाशित

सरिता चलाउने जेठ १५,सल्यान 
१५ औं गणतन्त्र दिवसको अवसरमा सल्यानका दुई कैदीको कैद सजाय मिनाहा गरिएको छ । ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका दुई कैदीको बाँकी कैद मिनाहा गरिएको हो । 

बहुविवाह र कर्तव्य ज्यान मुद्धाका कपुरकोट र कालिमाटी गाउँपालिका दुई कैदीको कैद मिनाहा गरिएको सल्यान कारागारले जनाएको छ । दुवै जनाको चालचलन राम्रो भएको र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरि सकेका दुई जनालाई गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिएकोल कारागारका बल बहादुर केसीले जानकारी दिए । 
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजय तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ लगायतका विभिन्न कानूनको आधारमा उक्त मिनाहा दिइएको जनाइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top