ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण सँगै प्रमाणपत्र वितरण

  सरिता चलाउने २०७९ जेठ ४ गते बुधबार १९:४६:५६ मा प्रकाशित

जेठ  ४ सल्यान                                                         सल्यानमा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण सँगै प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले  सदरमुकाख खंलगामा आयोजीत  कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेले ५ स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफतग्रहण गराउनु भएको हो ।
शारदा नगरपालिका नगर प्रमुख  प्रकाश भण्डारी, दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी, त्रिबेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत र कपुरकोट गाउँपालिकाका दुर्गा बहादुर पुन र कुमाख गाउँपालिकाका अध्यक्षलाई सपथ ग्रहण गराउनु भएको छ । यहाँका १० स्थानिय तह मध्य अहिले सम्म ९ स्थानिय तहको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईले बताउनुभयो । 
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले निर्वाचनलाई स्वच्छ,निस्पक्ष र भयरहित वनाउन सहयोग पुयाउने सवैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।
संविधानले दिएको अधिकारलाई प्रयोग गरी स्थानीय तहमा छिटो छरितो सेवा प्रभाव गरी सफल वन्न निर्वाचित जन प्रतिनिधिलाई पाण्डेले आग्रह गर्नु भयो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख हरिप्रकाश वुढाथोकी,प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, शारदा नगरपालिका निर्वतमान नगरप्रमुख सुरेश अधिकारी लगायतले शुभकामना सहित वधाई ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top