होमपेज / राजनीति
वैशाख २८,सल्यान
सल्यानमा स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन पुरा भएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरी र म्यादी प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण कुनै सुरक्षामा कुनै समस्या नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाभर १ सय १४ मतदान स्थल र २ सय १ मतदान केन्द्र रहेका छन् । जिल्लाका ३८ मतदान स्थल अति संवेदनशील, ६० संवेदनशील र १६ मतदान स्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
भौगोलिक दुर्गमता, दुरी, सुरक्षाको अवस्थालाई मध्यनजर गरी मतदान स्थललाई वर्गीकरण गरिएको उनको भनाई छ ।
स्थानीय तह निर्वाचनका लागि जिल्लाभर १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेका छन् । जसमा पुरुष ७९ हजार ९ सय ४ रहेका छन् भने महिला ७७ हजार ८ सय ११ रहेका छन् । जिल्लामा महिला मतदाता भन्दा २ हजार ९३ पुरुष मतदाता बढी छन् ।





.jpg)