ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा नमुना मतदान,११ प्रतिशत मत बदर

  सरिता चलाउने २०७९ बैशाख २५ गते आइतबार १८:३९:३४ मा प्रकाशित

सरिता चलाउने वैशाख २५,सल्यान 
यही बैशाख ३० गते हुने निर्वाचनको तयारीका लागि सल्यानमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदान स्थलहरुमा खटिने कर्मचारीहरुलाई नमुना मतदान गराएको हो ।

जिल्लाका २ सय १ मतदान स्थलमा खटिने कर्मचारीहरुलाई तालिम दिएर नमुना मतदान गर्न पनि सिकाईएको जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले  बताए । पहिलो चरणमा सोमबार देखि मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितको कर्मचारीलाई मतदान केन्द्रमा पठाउने तयारी भएको छ । जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले  मतदानमा खटिने कर्मचारी पठाउन सवै तयारी पुरा भएको वताए । उनका अनुसार  अव मतदान केन्द्रमा गरिने काम  वाँकी रहेको छ । त्यो केन्द्रमा पुगेपछि सम्पादन गरिने छ ।

यसैविच  मतदानमा केन्द्रमा खटिने कर्मचारीले नमूना मतदानमा भाग लिएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानले सल्यान खलंगामा आयोजना गरेको नमूना मतदानमा ११ प्रतिशत मत वदर भएको छ ।  कुल २६ मतदाताले मतदानमा भाग लिएका थिए ।  

खसेका मत मध्य ३ वटा मत वदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए । उनका अनुसार  छानिएका कर्मचारीले मतदान गर्दा मत वदर देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top