ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा १४५ जनाको उम्मेदवारी फिर्ता

  सरिता चलाउने २०७९ बैशाख १६ गते शुक्रबार १८:३६:१३ मा प्रकाशित

सरिता चलाउने, वैशाख १६,सल्यान 
सल्यानमा १४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन नामावली प्रकाशनको अन्तिम दिन विभिन्न पदमा उम्मेदवारी  दिएका १४५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।

फिर्ता लिनेमा वागचौर नगरपालिकामा २ उप्रमुख, वडा अध्यक्ष सहित २४ जना, कपुरकोटमा  १ जना वडा अध्यक्ष , कालिमाटी गाउँपालिकामा २ वडा अध्यक्ष , कुमाख गाउँपालिकामा १ अध्यक्ष,१ उपाध्यक्ष ,२ वडा अध्यक्ष सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै दार्मा गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित २३ जना, त्रिवेणी उपाध्यक्ष १ जना,२ जना वडा अध्यक्ष गरी ११ जना, वनगाड कुपिण्डे नगरपालिकामा २२ जना र छत्रेश्वरीमा अध्यक्ष २, उपाध्यक्ष २ , वडा अध्यक्ष ५ जना गरी २५ जनाले उम्मेदवारी  फिर्ता लिएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
शिद्धकुमाखगाउँपालिकामा भने कुनै पदमा स्वतन्त्र उम्मेदवारी नपरेको कार्यालयले जनाएको छ ।

११ र १२ गते भएको मनोनयन दर्ता गरेका १० वटा स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका  १ हजार ७ सय ६ले उम्मेदवारी दिएका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

Top