ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा १ लाख ७४ हजार थान मतपत्र आइपुग्यो

  सरिता चलाउने २०७९ बैशाख १४ गते बुधबार १८:१३:३० मा प्रकाशित

सरिता चलाउने वैशाख १४,सल्यान
यही बैशाख ३० गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन कार्यलय सल्यानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७४ हजार थान मतपत्र आईपुगेको हो ।  । 

मतपत्र जिल्लामा आइपुगि सकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर  तालिम दिए पश्चात मतदान सामाग्री सहित सबै स्थानिय तहमा पठाइने मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेले बताए।

अवको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टा छुटै प्याकेज बनाएर सबै मतदान स्थल र मतदान केन्द्रमा पठाईने उनको भनाई छ । जिल्लामा १ सय १४ मतदान स्थल र २ सय १ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्लामो १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन । जसमा पुरुष मतदाता ७९ हजार ९ सय ४ रहेका छन् भने महिला मतदाता ७७ हजार ८ सय ११ रहेको निर्वाचन कार्यलय सल्यानले जनाएको छ   ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top