ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  सरिता चलाउने २०७९ बैशाख ८ गते बिहीबार १८:२३:४० मा प्रकाशित

सरिता चलाउने वैशाख ७,सल्यान 
सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय  र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा बिहिबार एक कार्यक्रमका बिच स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शारदा नगरपालिकालाई समेत समेटेर स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले बताए । उनका अनुसार आजै जिल्लाका  ९ स्थानिय तहमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न  मुख्य निर्वाचन अधिकृतको कार्यालय र सबै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनले बताए । 

निर्वाचनलाई स्वच्छ, बिश्वसनिय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यलय समग्र जिल्ला निर्वाचनको अवस्था बुझने र अनुगमन गर्ने उनको भनाई छ।  समग्र जिल्लाको निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने छ  । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी धमाधम गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचन गतिविधि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए  ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए  । निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिने उनको भनाई छ  ।

यस्तै बनगाड कुपिण्डे निर्वाचन अधिकृत निर्बाचन कार्यालय देवस्थल सल्यानमा स्थापना भएको छ । स्थानीय तहमा क्रियाशिल राजनीति दलको उपस्थितिमा  कार्यालय स्थापना गरिएको छ । बैशाख ३० गते हुने निर्वाचन प्रयोजनको लागि परिचय तथा सल्लाह सुझावका लागि आज एक कार्यक्रम गरिएको छ । स्थानीय निर्वाचनलाई स्वच्छ, निस्पक्ष भएरहित बाताबरणमा सम्पन्न गर्ने सबैलाई आग्रह गरिएको छ  । राजनीतिक दलहरूले एउटा पर्वको रुपमा लिनु पर्ने समेत अधिकृत लक्ष्मीदेवी शर्माले बताइन । निर्वाचन आचारसंहितामा दृढता पुर्वक लागू गर्नुपर्नेमा जोड दिएका छन । सबैले राजनीतिक दलहरूले पाल्न गर्ने समेत बताइन । 

 कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सदस्य प्रेमबहादुर डाङ्गी, नगर सभापति पुरुषोत्तम आचार्य, नेकपा एमाले नगर कमिटी अध्यक्ष गन्जमान बुढा, सचीव राजेश वली नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य धनबहादुर पुन, नगर अध्यक्ष किर्ती बहादुर राना, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रबिराज शर्मा, डम्बर शाहु, राप्रपा १ नम्बर क्षेत्रीय अध्यक्ष शिव बहादुर वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावत, लेखा अधिकृत दिनेश भण्डारी, इन्जिनियर महेश देवकोटा लगाएत कर्मचारी, पत्रकार लगाएको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top