होमपेज / राजनीति
चैत ६,सल्यान
सल्यानमा निर्माण गरिएको नेपालकै सबैभन्दा ठुलो शङ्खको उद्घाटन गरिएको छ । आइतबार पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले छत्रेश्वरी गाउँपालिका ६ – शंखमुलमा निर्माण गरिएको शङ्खको उद्घाटन गरेका हुन ।
उद्घाटन गर्दै नेता महतले मानिसलाई भौतिक सुख सुविधा मात्र नभई आत्मसन्तुष्टिका लागि आध्यात्मिक विकास हुन पनि जरुरी रहेको बताए । नेपालका रहेका धेरै धार्मिक तथा पर्यटकीय स्थल भएपनि त्यसको यथोचित प्रचार र विकास हुन नसकेको बताए ।
अर्को एक प्रंसंगमा नेता महतले अघिल्लो निर्वाचनमा ५० वर्षसम्म निरन्तर सरकार चलाउँछौँ भनेका कम्युनिस्टहरू ३ वर्ष पनि टिक्न नसकेको बताए । पाँच वर्षको कार्यकाल भएपनि तीन वर्ष भित्रमै कांग्रेसलाई सरकार सञ्चालनको साँचो बुझाएको उनको भनाई छ । उनले भने नेपाल अब कम्युनिस्ट मय हुन्छ कम्तिमा पनि ५० वर्ष नेपालमा कम्युनिस्ट सरकार सञ्चालन हुन्छ भनेर ठुला ठुला कुरा गर्ने कम्युनिस्टहरू ५ वर्ष पनि सरकार सञ्चालन गर्न सकेनन् । कुरामा घर घरमा ग्याँस, रेल, पानी जहाजका सपना देखाउने तर व्यवहारमा माखो नमार्ने कम्युनिस्टबाट नेपाली र नेपालीको विकास असम्भव भएको दाबी समेत गरे ।
सांसदबाट पास भएको एमसीसी नेपालको हितमा भएको बताउँदै एमसीसीको विषयमा झुटको खेतीगर्नेहरुको मुकुन्डो पनि च्यात्तिएको बताए । एमसीसी राष्ट्रघाती होइन राष्ट्रिय हितमा रहेको उनको दाबी छ ।





.jpg)