ट्रेण्डिङ

होमपेज / राजनीति

आवश्यकताका आधारमा गठबन्धन बन्छः प्रवक्ता महत

  सरिता चलाउने २०७८ चैत्र ६ गते आइतबार १३:२१:२५ मा प्रकाशित

 चैत ६,सल्यान 
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आवश्यकताका आधारमा गबन्धन बनाएर निर्वाचनमा जाने बताएका छन् । जुन पार्टीसँग गठबन्धन गर्दा कांग्रेसको सिट सुनिश्चित हुन्छ शोहीसँग गठबन्धन गरेर जाने बताए । 

आइतबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व पराराष्ट्र मन्त्री समेत रहेका महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव संकलन भइरहेको र ११ गते बस्ने केन्द्रीय समितिको बैठ्कले निर्णय गर्ने बताए । उनले भने ‘हरेक दलको लक्ष्य बनेको कसरी बढी सिट ल्याउन सकिन्छ भन्ने हुन्छ । त्यस अनुसार के गरेर जाँदा बढी सिट ल्याउन सकिन्छ । एकल जाँदा बढी सिट आउँछ की गठबन्धन गरेर जाँदा बढी आउँछ शोही अनुसार पार्टी अघि बढ्छ ।’  एकल निर्वाचनमा जाने विषयमा तत्काल केही भन्न नसकिने उनको भनाई छ । 

चैत भित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको टुंगो लाग्ने उनले बताए । स्थानीय तहको निर्वाचन पार्टीको आन्तरिक चुनाव जस्तो नभएकाले सुझबुझका साथ लाग्न उनले कार्यकर्तालाई आग्रह गरे । उरन्ठेला र आडम्बरको पाराले देश चल्न नसक्ने केपी ओली प्रति लक्षित गर्दै उनले भने ‘नेपाली जनताले पाँच वर्षका लागि कम्युनिस्टलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिए तर तीन वर्ष पनि टिक्न सकेनन् । उनीहरु देश बनाउने र विकासको काम गर्ने  भन्दा भ्रष्टाचारमा सिमित रहे । अब देश बनाउने जिम्मेवारी कांग्रेसका काँधमा आएको छ ।’ 

आकाश पतालनै एउटै बनाउछौ जस्तो गेरर धेरै कुरा गर्ने तर काम गर्ने परिपार्टीले देशले विकास गर्न नसकेको बताए । सत्ता बाहिर हुँदा एउटा कुरा गर्ने सत्ता भित्र हुँदा अर्को कुरा पार्टी कांग्रेस नभएको महतको भनाई छ । बाहिर राष्ट्रियताको ठूला नारा लगाउन लगाउने तर बोल्नु पर्ने ठाउँमा एक शब्द पनि चुइक्क नबोल्ने आफ्नो पार्टी नभएको बताए । एमसीसी विशुद्ध विकास निर्माणका लागि अनुमोदन भएको बताउँदै उग्र राष्ट्रवादी बन्न जरुरी नरहेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top