ट्रेण्डिङ

होमपेज / राजनीति

विभेद अन्त्य गर्न सोचमा परिवर्तन हुनुपर्ने सरोकारवाला निकायको जोड

  सरिता चलाउने २०७८ माघ २५ गते मंगलबार २०:२९:५४ मा प्रकाशित

सरिता चलाउने माघ २५,सल्यान 

जातीय विभेदको अन्त्य गर्न  पहिले सोचमा परिवर्तन गर्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका छन् । समता फाउन्डेसनले मङ्गलवार सल्यानको खलङ्गामा आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको ऐन कार्यान्वयनको अवस्था कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानमा दलित सम्बन्धी थुप्रै कानुनहरू उल्लेख गरेको भए तापनि कार्यान्वयनमा आउन नसकेको बताएका हुन  । 

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका उपमेयर साबित्रा बस्नेतले मौलिक हकमै कानुनको व्यवस्था भएपनि समाजमा अझ विभेदको अन्त्य हुन नसकेको बताइन। स्थानिय तहले पछाडि पारिएका बर्गहरुको लागि थुप्रै कार्यक्रम संचालन गरे पनि परिवर्तन भने हुन नसकेको उनको भनाई छ । 

यस्तै सरकारी वकिल जयप्रकाश धितालले समाजमा छुवाछुत र विभेद कायमै भए पनि यस्ता घटना खुलेर बाहिर आउन नसकेको बताए । सार्वजनिक स्थानहरूमा जातीय छुवाछुत भएपनि अहिले सम्म यस्ता घटनाका मुद्दा नपरेको उनको भनाई छ । 

यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गौतमले चेतनाको अभाव र कानुनमा भएको कुरा समाज सामु नपुगेका कारण पनि विभेद हट्न नसकेको बताए  । अझै पनि  हरेक जातजातिमा भेदभाव भएको देखिएकाले  संविधानमा भएका कुरा समाजमा कार्यान्वयनमा ल्याउनु पर्ने बताए । 

अधिवक्ता सिपी ओलीले आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण समाजमा विभेद हट्न नसकेको बताए । 

यस्तै कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले पछाडि पारिएका वर्गहरूमा छुवाछुतका घटना भएपनि न्यायको पहुँचमा आउन नसकेको  बताइन ।  दलित समुदायमा महिला, बालिका बलात्कार भएका घटना खुलेर बाहिर आउने नसकेको र आइहाले पनि होस्टलाई हुने गरेको उनको भनाई छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top