ट्रेण्डिङ

होमपेज / राजनीति

निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुन्छः ज्वाला

  सरिता चलाउने २०७८ माघ १६ गते आइतबार १८:०१:०० मा प्रकाशित

सरिता चलाउने माघ १६,सल्यान 

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले संविधान कार्यान्वयन र स्थिरता , विकासका लागि गठबन्धनको राजनीतिक संस्कारलाई निरन्तरता दिनु पर्ने बताएका छन् ।  उनले  संसद् विघटन, संविधान कार्यान्वयनमा अवरोध जस्ता कार्य भएपछि पाँच दलीय गठबन्धन बनेको दाबी गरे।

नेकपा एकीकृत समाजवादी जिल्ला समिति सल्यानले खलङ्गा आयोजना गरेको राष्ट्रिय सभाका सदस्य उदय बोहराको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे ज्वालाले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर राष्ट्रपतिले पत्र काट्नु राम्रो विषय नभएको बताए । 

संविधानले तोके बमोजिम स्थानीय तहका निर्वाचन हुने भएकाले  यसमा अलमल पर्नु पर्ने कारण नभएको ज्वालाको भनाई छ ।

राष्ट्रिय सभाका सदस्य उदयबहादुर बोहराले  कर्णाली प्रदेशको विकासमा आफ्नो कार्यकालमा सक्दो भूमिका खेल्ने बताए । उनले भने  विकास र जनजीविकाका सवालमा सकेसम्म साझा भएर आफ्नो भूमिका निर्वाह गर्ने छु ।

नेपाली काँग्रेसका जिल्ला सभापति  केशबहादुर विष्टले  जनताका सवाललाई समाधान गर्न दलहरू मिल्नुको विकल्प नभएको बताए। 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृत्तिबहादुर पुनले देशका विभिन्न आन्दोलनलाई सफल बनाउन दलीय एकता वाट सम्भव भएको भन्दै  अग्रगामी, संविधानलाई संस्थागत एक भएर अघि बढ्नु पर्ने बताए ।

 कार्यक्रममा नेपाली काँग्रेस सल्यानका सभापति केश बहादुर विष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य भद्र सिंह बुढा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर मल्लले बोल्नुभएको थियो । यस्तै पूर्व जिल्ला विकास समितिका सभापति ध्रुवराज पुरी, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, सिद्ध कुमार गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सिता केसी लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा सत्तापक्षमय पाँचदलिय गठबन्धनका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top