होमपेज / राजनीति
सरिता चलाउने पुस ९,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताएका छन् । एमसीसीको अन्तर बस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने उनले बताए । एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाई छ ।
शुक्रवार सल्यान खलङ्गामा आयोजना पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरी आए मात्र एमसीसी पास हुने नत्र नगर्ने बताए । उनले भने नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई आँच आउने र सैन्य रणनीति अनुरूप एमसीसी आएको भए कुनै पनि हालतमा पास नहुने उनको तर्क रहेको छ । उनले भने अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ छ भने हामी स्वीकाछौं । अन्यथा सैन्य रणनीति र नेपालको सार्वभौमिकतामाथि खलल पर्ने विषयमा कदापि स्वीकादैनौं । उनले घुमाउरो पाराले एमसीसीका केही बुँदा संशोधन गराएर पास गर्नु पर्ने बताए ।
अर्को एक प्रसङ्गमा नेता नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताएका छन् । दक्षिणपन्थी शक्तिको नेतृत्व एमाले अध्यक्ष केपि ओलीले गरी रहेको र ओलीको उक्त योजना कुनै पनि हालतमा सफल नहुने बताए । ओलीले एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन प्रयास गरे पनि त्यो सम्भव नभएको दाबी गरे । आउँदो निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै सरकार सञ्चालनका लागि पनि वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने नेपालको भनाई छ । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिसँग गठबन्धन हुने तर दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग कुने पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे ।





.jpg)