ट्रेण्डिङ

होमपेज / राजनीति

अबको चुनावमा नेकपा एमाले कोल्याप्स हुन्छ: चौधरी

  सरिता चलाउने २०७८ मंसिर २४ गते शुक्रबार १९:००:२५ मा प्रकाशित

सरिता चलाउने मङ्सिर २४,सल्यान 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले अबको चुनावमा नेकपा एमाले कोल्याप्स हुने  दाबी गरेका छन् । एमालेले चुनाव जिते देशमा बवाल मात्र मच्चिने भएकाले केपी ओली जस्तो बेठिक मान्छेलाई समाप्त गर्नुपर्ने बताए ।  

समाजवादी प्रेस सङ्गठन सल्यानले शुक्रवार खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले अबको निर्वाचनमा सबै कम्युनिस्ट पार्टीसँग एकता र सहकार्य गर्ने तर एमालेसँग कुनै पनि हालतमा एकता हुन नसक्ने दाबी गरे । लोभिपापिहरुको पार्टी समूह बिस्तारै सकिँदै जान थालेकाले ओलीका दासहरू मात्र बाँकी रहने बताए । 

    केपी ओलीकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिँदै जान थाले पछि आफूहरूले विद्रोह गरेर पार्टी जोगाउने काम गरेको चौधरीको भनाई छ  ।  एकीकृत समाजवादी पार्टी कमजोर  हुने चान्स नभएकाले अबको मूल पार्टी एकीकृत समाजवादी नै हुने उनको दाबी छ ।  । उनले भने  हामी एमालेबाट चोइटिएको नभई पार्टी जोगाउनको लागि र पार्टीलाई विकास गर्नको लागि गएका हौ । 

 आफ्नो पार्टी  जनताको लागि  जन्मेको बताउँदै   जनताले महसुस गर्ने गरी काम गर्ने र  एमालेसँग विद्रोह नगरेको भए र  पार्टी निर्माण नभएको भए कम्युनिस्ट पार्टी समाप्त भएर जाने अवस्था रहेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top