ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा नेपाल कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय स्थापना

  सरिता चलाउने २०७८ मंसिर ८ गते बुधबार १७:११:२६ मा प्रकाशित

सरिता चलाउने मङ्सिर ८,सल्यान 

सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  सम्पर्क कार्यालय स्थापना गरेको  छ । 

बुधवार सदरमुकाम खलङ्गाको डाँडागाउँमा पार्टीले कार्यालय स्थापना गरेको हो । मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर सल्यानमा सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला सेक्रेटरी नारायण चन्दले बताए  ।  पार्टीको सम्पर्क कार्यालय स्थापनाको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले गरेका हुन  ।

पार्टीको सम्पर्क कार्यालय स्थापना पश्चात् चियापान कार्यक्रममा बोल्दै पोख्रेलले नेपालमा अहिले देखिएको सङ्कट हल गर्न अव  जनतालाई बैज्ञानक समाजवादबाट व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताए  । अहिलेको संसदीय व्यवस्थाले जनताको जीवनस्तर उठाउन नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने र  शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न जनमत सङ्ग्रह गर्नुपर्ने उनको भनाई छ  । 

जनमत संग्रह नै नेपालको अहिलेको सबैभन्दा अग्रगामी एजेन्डा हो उनले भने   नेपालमा जुन  राजनीतिक दलले नेतृत्व गरे पनि जनताका अवस्था र व्यवस्था बदलिन नसकाले जनतालाई बैज्ञानक समाजवाद बाट व्यवस्था चुन्ने अधिकारका लागि आफूहरूले राज्य सँग प्रस्ताव पेस गरेका छौ ।

केही समय आफूहरूलाई सरकारले सङ्कटकाल लगाइएकाले काम गर्न नदिएको बताउनु भयो । अहिले बिस्तारै सरकारले विप्लव पार्टीलाई  बुझेको र  यदि राज्यले जनताका आवाजहरूलाई फेरि दमन गर्ने प्रयत्न गरेमा त्यसको प्रतिवाद गर्न तयार रहेको पोख्रेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top