ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अझै ल्याएन बजेट

  सरिता चलाउने २०७८ आश्विन ९ गते शनिबार १४:५२:४७ मा प्रकाशित

सरिता चलाउने, असोज ९,सल्यान 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले अझै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । असार १० गतेभित्र बजेट ल्याई सक्नु पर्ने संवैधानिक प्रावधान भएपनि दुई महिना भन्दा बढी बितिसक्दा समेत बजेट ल्याउन सकेको छैन । जनप्रतिनिधिहरू बिच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट आउन सकेको छैन । विवाद मिलाउन पटक पटक बैठक बसे पनि सहमति हुन सकी रहेको छैन । 

जनप्रतिनिधि बिचको विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भइरहेको उपमेयर मञ्जु ऐरीले बताइन । दुई महिना देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा तयारी भए पनि सम्पन्न गर्न गाह्रो भएको उनको भनाई छ । 

गत वर्षका केही योजनामा रकम भुक्तानी नहुँदा जनप्रतिनिधिबिच विवाद भएको उपमेयर यरीको भनाई छ । उनका अनुसार केही कर्मचारीको नियुक्ति र तलब खुवाउने विषयमा पनि जनप्रतिनिधिबिच विवाद छ । 

बहुमत वडा अध्यक्षहरूले प्रत्येक वडामा ८० लाखको सिलिङ नआएसम्म नगर सभामा बस्दैनौ  भन्ने आएपछि बजेट आउन ढिलाइ भएको मेयर गोविन्द पुनले बताए । 

तीन दिनसम्म बैठक बस्दा पनि वडाध्यक्षहरू ८० लाख बजेटभन्दा तल बजेट विनियोजन गर्ने विषयमा सहमतिमा नआएको उनको भनाई छ । 

नगरपालिकाको सिमिति स्रोत साधन र विगतका योजनालाई पनि निरन्तरता दिनु पर्ने भएकाले उहाँको माग अनुसार बजेट हुन नसकेको मेयर पुनको भनाई छ । 

बजेट सीमा निर्धारण समितिले वडाको बजेट ५० लाख तोकी सकेको र अब  कार्यपालिकाको बैठकबाट अनुमोदन गराई १० /१५ दिनमै बजेट आउने उनले बताए । 

राजनीतिक खिचातानी र दलीय स्वास्र्थले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट आउन नसकेको कृष्ण माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक शिखर ऐरीले बताए । समयमै बजेट नआउँदा यहाँको जनजीविका, शैक्षिक सुधार, विकास निमार्ण थप्प प्राय भएको उनको भनाई छ । यथाशक्य चाँडो नगर सभा बसेर कर्मचारीको मागसँगै दैनिक प्रशासनिक कार्य अघि बढाउन उनले आग्रह गरे । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top