ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश सरकारबाट सम्पन्न योजनाहरुको अनुगमन

  सरिता चलाउने २०७८ श्रावण १६ गते शनिबार १७:५७:०८ मा प्रकाशित

सरिता चलाउने साउन १६,सल्यान 
कर्णाली  प्रदेश सरकारले संचालन गरेका  योजनाहरुको  शनिबार विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम लगायत विभिन्न योजनाबाट सञ्चालन भई सम्पन्न भएका योजनाहरुको कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्मा लगायतको टोलीले अनुमगन गरेको हो । 

 जिल्लाको बागचौर नगरपालिका ९ काउलाबोटमा निर्माण सिचाई पोखरीको अनुगमन गरिएको हो । बिशेष गरी सुख्खायममा सुन्तलाको बोटलाई सिचाई गर्नको लागि निर्काण गरिएको सिचाई पोखरीको अनुगमन गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले बताए। काउलावोटका  ९ घरका करीव ८ हजार सुन्तलाको बोटलाई सुख्खा  समयमा सिचाइ  गर्ने गरी सिचाई पोखरी निर्माण गरिएको छ  ।  यस्तै कुईयापानी खर्सु सडकको पनि अनुगमन गरिएको छ । प्रदेश सरकारको  सिचाई पोखरीका लागि रु १७ लाख र सडक २५ लाखमा जनताले श्रम गरेर निर्माण गरेका छ  । 

\

यस्तै वडा नम्वर ८ मा रहेको   रानी पोखरी,  गैरागाउँमा रहेको खानेपानी योजना पुर्ननिर्माणको पनि अनुगमन  गरिएको छ । पुर्न निर्माण भएको पोखरीको पनि आज  अनुगमन भएको हो । विकास र जनताको आय आर्जनलाई एकसाथ जोडेर लैजानु पर्ने अनुगमनमा कर्णाली प्रदेशका मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले बताए ।   मुख्यमन्त्री  रोजगार कार्यक्रमबाट  गाउँमा विकास र जनताले रोजगारी समेत पाएको शर्माको भनाई छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि बागचौर नगरपालिकामा मात्र करिब ६ करोड बजेट बिनियोजन भएको थियो । जस मध्य सिचाई, खानेपानी, सडक लगायतका योजनाहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top