होमपेज / राजनीति
सरिता चलाउने साउन १३,सल्यान
नेपाली कांग्रेस सल्यानले आसन्न महाधिवेशनका लागी वडा तथा गाउँमा आयोजना गरिएका सबै कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । केश बहादुर बिष्ट नेतृत्वको समुहले बुधबार खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दे बिहिबार (भोली ) देखि सुरु गरिने भनिएको गाउँ वडा अभियानका कार्यक्रम केन्द्रिय समीतिको निर्देशन अनुसार स्थगित गरिएको जनाएको हो ।
अधिवेशनको लागि पूर्व निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन स्थगित गरिए पनि आफ्नो तयारी जारी राख्ने नेताहरु रहेका छन् । यस भन्दा अगाडी पनि विभिन्न समयमा भेटघाटलाई निरन्तरता दिंदै आएको यो पक्षले भोली १४ गते देखि भने अभियानकै रुपमा गाउँ, तथा नगरहरुमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
तर केन्द्रीय समितिको निर्णय अनुसार नै जिल्लामा पनि तय गरिएको कार्यक्रम अर्को सूचना नआउँदा सम्म स्थगित गरिएको उपसभापति निम बहादुर वलीले बताए।
सल्यानमा काङ्ग्रेसको सभापती पदको लागि केश बहादुर बिष्ट, ध्रुवराज पुरी, मान बहादुर डाङ्गी, एकराज डाङ्गी लगायतले उम्मेदवारी घोषणा गरे पश्चात् उम्मेदवारहरु आ आफ्नो तवरले भेटघाटमा लागेका छन । पत्रकार सम्मेलनमा बोल्दै केश बहादुर बिष्ट नेतृत्वको समुहले देउवा नेतृत्वको प्यानलमा आफूहरु नै आधिकारिक उम्मेद्धार भएको जनाएका छन । सर्वसम्मत नेतृत्व चयन नभएमा निर्वाचनमा जानू नै अन्तिम विकल्प हुने भएकोले तयारिमा लागेको बिस्ट पक्षले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै १४ औ महाधिवेशनमा देउवा नेतृत्वका सभापतिका उम्मेद्धार केश बहादुर बिष्टले आफुहरु कुनै व्यक्ति प्रति लक्षित नभई समग्र राजनितीले अव परिवर्तन खोजेकाले समाज परिवर्तन गर्ने दिशामा आफु केन्द्रित हुने बताए ।
परम्परागत सोच र तरिकाले पार्टी चल्न नसक्ने उनको भनाई छ । उनले पुरानो सोच र कार्यशैलिका कारण पार्टी चलायमान हुन नसक्ने र यसले समग्र पार्टी कमजोर बन्दै जाने भएकाले पार्टीको नेतृत्वमा नयाँ सोच र पार्टीको हितमा काम गर्नसक्ने जुझारु टिम आउनुपर्ने बताए ।