ट्रेण्डिङ

होमपेज / राजनीति

विवेकशील साझा पार्टी सल्यानद्धारा ६१ विपन्न समुदायलाई खाद्यन्न वितरण

  सरिता चलाउने २०७८ जेठ २८ गते शुक्रबार १९:०३:४३ मा प्रकाशित

सरिता चलाउने जेठ २८,सल्यान 
विवेकशील साझा पार्टी सल्यानले जिल्लाका विपन्न समुदायलाई खाद्यन्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएका जिल्लाका ६१ विपन्न समुदायलाई उनीहरुकै घरमा पुगी खाद्यन्न सहयोग गरेको हो । 

पार्टीले शारदा नगरपालिका वडा नम्बर १२ का २७, ४ का ११ र ७ का  २३ विपन्न समुदायलाई खाद्यन्न वितरण गरेको पार्टीका जिल्ला प्रवक्ता डि.एस।.डाँगीले जानकारी दिए । अति विपन्न, असाहय, निम्न आय भएका परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको उनको भनाई छ । खाद्यन्नमा चामल, दाल तेल रहेको उनको भनाई छ ।

 कोरोना भाईरसका कारण लामो समय देखि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न समुदायका परिवारलाई लक्षित गरेर राहात वितरण गरिएको उनले बताए । उनले भने,  गतबर्ष लकडाउन भएपनि स्थानिय तहहरुले राहात वितरण गरेका थिए, यस बर्ष पनि निषेधाज्ञा गरेको दुई महिना भइसक्यो, साझ बिहान काम गरेर छाक टार्ने समुदायलाई समस्या भइ सकेको छ, त्यसैले हामीले अति विपन्न परिवारलाई छनोट गरेर राहात पवतरण गरेका हौ । अझै निषेधाज्ञा लम्बिएमा राहतको लागि पहल गर्नेछौ ।  

उनका अनुसार  ८५ वर्षका एकल बृद्धदेखि प्याराइसिसका विरामी र दृष्टिविहीन जोडी लगायत अरु अति विपन्नहरुलाई पनि खाद्यान्न वितरण गरिएको छ । विभिन्न निकायबाट प्राप्त भएको झन्डै ९५ हजार बराबरको खाद्यन्न सहयोग गरिएको उनको भनाई छ । 
भोक विरुद्धको हाम्रो अभियान नाम दिएर समुदायमा कोरोना भाइरस सक्रमणका कारण दैनिक जीविकोपार्जन गर्ने अति विपन्न, अशक्त परिवारलाई राहत वितरण गर्दै आइरहेको आगामी दिनमा पनि यस प्रकारको कार्यलाई निरन्तरता दिने डाँगीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top