ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले सल्यानमा स्थानिय तहमा तोक्यो इन्चार्ज, सहइन्चाज 

  सरिता चलाउने २०७७ चैत्र ३० गते सोमबार १०:४७:२२ मा प्रकाशित


नेकपा एमाले केपी समुहले स्थानिय तहमा ईन्चार्ज र सहईन्चार्ज तोकेको छ । आईतवार सदरमुकाम खलंगामा  पार्टी अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले जिल्लाका स्थानिय तहमा ईन्चार्ज, सहईन्चार्ज तोकेको हो ।
कालिमाटी गाउँपालिकाको ईन्चार्जमा दान बहादुर केसी र सहईन्चार्जमा सहनसिल्ता ओली, त्रिबेणी गाउँपालिकाको ईन्चार्जमा बुद्धि केसी र सहईन्चार्जमा बालकृष्ण महर, छत्रेश्वरी गाउँपालिकाको ईन्चार्जमा ओज बहादुर बुढाथोकी, सिद्धकुमाख गाउँपालिकाको ईन्चार्जमा जित बहादुर चलाउउने, सहईन्चार्जमा पुष्पा बोहरालाई तोकेको  छ । 
यस्तै वन्गाड कुपिण्डे नगरपालिकाको ईन्चार्जमा अकबर पुन, कुमाख गाउँपालिकाको ईन्चार्जमा लाल बहादुर रावत, सहईन्चार्जहरुमा कविराम चन्द र अमृत बुढाथाकी, दार्मा गाउँपालिकाको ईन्चार्जमा गणेशमान सिंहलाई तोकिएको नेकपा एमाले सल्यानका पार्टि अध्यक्ष गोबिन्द पुनले जानकारी दिए ।
उनका अनुसार ईन्चार्ज र सहईन्चार्ज सँगै गाउँकमिटी तथा नगरकमिटी पार्टि अध्यक्ष  र सचिब पनि तोकिएको छ । कालिमाटी गाउँपालिमा अध्यक्षमा केशर सिंह बुढा, त्रिबेणीमा लोकेन्द्र सिंह खडका, कपुरकोटमा घनश्याम शर्मा, छत्रश्वरीमा ज्ञान बहादुर खडकालाई अध्यक्षको जिम्मेवारी दिईएको छ । 
यस्तै बन्गाडमा पार्टि अध्यक्ष गन्जमान बुढा, कुमाखमा भैरव शाह, दार्मामा वल बहादुर ओली र सचिबमा दिपक रोकाय र बागचौर नगरपालिकामा घनश्याम शर्मालाई पार्टि अध्यक्ष तोकिएको छ ।  यस्तै शारदा नगरपालिका भित्र पार्टि संगठनको कामलार्ई व्यवस्थित गर्नको लागि कुल बहादुर गरिीलाई संयोजकमा तोकिएको छ । 
उनकाा अनुसार कुनै स्थानिय तहमा ईन्चार्ज, सहईन्चार्ज पार्टि अध्यक्ष मात्र तोकिएको छ भने कुनैमा ईन्चार्ज र कुनैमा अध्यक्ष मात्र तोकिएको छ । 
यस्तै पार्टि कार्यलयको जिम्मा लिनको लागि कार्यलय सचिवमा ओज बहादुर बुढाथोकीलाई तोकिएको छ । 
यसैबिच आज बसेको बैठकले पार्टि सचिव रमेश गौतमलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टिको नकारात्मक गतिबिधिमा लागेको, समानान्तर कमिटि निर्माणमा सक्रिय देखिएकोले बैशाख ५ गते भित्र जवाफ दिने गरि स्पष्टीकरणको पार्टि अध्यक्ष पुनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top