होमपेज / राजनीति
सरिता चलाउने फागुन १५,सल्यान
नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले अनैतिक ढंगले सरकारमा जाने छुट कसैलाई नभएको बताएको छन् । राष्ट्रलाई सहि नेतृत्व गर्न नसक्नेहरु सरकारमा बसी रहनु र सरकारमा जानुको कुनै अर्थ नरहने बताए ।
शनिबार सल्यान खलंगामा आयोजित नेपाल शिक्षक संध सल्यानको २१ औं प्रतिनिधि सभामा बोल्दै कर्णाली प्रदेश सरकार प्रतिपक्ष दलको नेता समेत रहेका शाहीले शाहीले अदालतले न्यायको पक्षमा संसद पुनस्थापना गरेकाले अव पनि सरकार नच्चिए जनताले बिश्वास नगर्ने बताए । उनले भने ‘अदालतले न्यायकै पक्षमा फैसला त ग¥यो तर मलाई झन खतरा हुने हो कि भन्ने डर लागेको छ, न्यायोचित ढङ्गले नेकपा मिलेर जान सकेन भने खतरा हुन पनि सक्छ ।’
नेपालमा अहिले जति पनि आन्दोलन र बिरोध भएका छन सबै दलको आ – आफ्नो सत्ता र स्वार्थको लागि भएको उनको भनाई छ ।
पूर्व मन्त्री समेत रहेका शाहीले सरकार नै शिक्षा विरोधी रहेको आरोप समेन उनले लगाएका छन् । सरकार शिक्षा भित्रका समस्या समाधानतिर लाग्ने भन्दा बल्झाउनेमा उद्दत रहेको बताए ।
बोल्दै शिक्षामा राजनीति घुसेको बताए । शिक्षामा राजनीति घुस्दा नेपालको शिक्षा विकृत बनेको बताए । सरकारले नै शिक्षालाई राजनीति घुसाउन मद्यत गरेको आरोप लगाए । राज्यले शिक्षालाई ब्यापारिक चस्माले हेरेको आरोप लगाए । शिक्षालाई स्वतन्त्र तरिकाले हेर्नु पर्ने भन्दा पनि सरकारले ब्यापार बढाउनको लागि लगानी गरेको जस्तो देखिएको शाहीको भनाई छ ।