ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ : मन्त्री ज्वाला

  सरिता चलाउने २०७७ फाल्गुण १३ गते बिहीबार १९:२१:३८ मा प्रकाशित

सल्यान १३, फाल्गुन ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले जनतालाई छिटोछरितो र स्तरीय सेवा प्रवाह गर्नको लागी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दावी गरे ।

बिहीबार सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ मा रहेको हिवल्चा स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री ज्वालाले बिकासको नाममा बाटो भन्दा पहिलो प्राथमिकता स्वास्थ्यलाई राख्दा विकास दिगो हुने बताए ।   शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखे मात्र नागरिकको जनजीवनमा परिबर्तन आउने उनको भनाई छ । स्थास्थ्यमा भौतिक संरचना मात्र भएर बताउँद्र उनले दक्षजनशक्ति,  उपकरणहरुमा पनि सरकारले जोड दिने बतार्ए ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष एवम् वडाअध्यक्ष रामसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य दिपक शर्मा लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रममा निर्माण व्यवसायी डिल्ली केसीले २ करोड २२ लाख रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top