ट्रेण्डिङ

होमपेज / राजनीति

संसद पुनर्स्थापनाको खुशीयालीमा सल्यानमा दिपावली (फोटोफिचर)

  सरिता चलाउने २०७७ फाल्गुण ११ गते मंगलबार २२:१९:२२ मा प्रकाशित

सरिता चलाउने फागुन ११,सल्यान 
संसद पुनःस्थापना भए सँगै सल्यानमा खुसियालीमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि नेकपा प्रचण्ड माधव समूहका नेता, कार्यकर्ता, नागरि समाज, पत्रकार लगायतले मंगलबार साँझ जिल्लाका बिभिन्न स्थानमा  खुसियाली सँगै दीप प्रज्वलन गरेका हुन  । 

जिल्लाको सदरमुकाम खलंगा, श्रीनगर लगायत बिभिन्न स्थानमा भएको दीप प्रज्वलन सँगै केपी ओली मुर्दावाद भन्दै नारा समेत लगाएका छन्।  ।
सदरमुकाम खलंगामा दीप प्रज्वलन पछि भएको कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड नेपाल पक्षका जिल्ला कमिटी सदस्य रमेश गौतमले अदालतले संविधानको रक्षा गर्दै ओलीको एकलौटी गर्न खोज्ने प्रवृत्तिको अन्त्य गरेको बताए  । कानुन भन्दा माथि कोही नहुने भएकाले अदालत सहि तरीकाले  जनताको न्यायको पक्षमा फैसला गरेको उनको भनाई छ   । आज नेपाली जनताले जितेको दिन भएको र अव देश ठुलो दुर्घटना बाट जोगिएको छ उनले भने । 

यस्तै जिल्ला कमिटी सदस्य प्रमोद श्रेष्ठ सर्वोच्च अदालतले न्यायको पक्षमा काम गरेको बताए। साचचिकै दालतले न्यान मर्न नदिएको उनको भनाई छ ।  अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top