ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीको सुखी नेपालीको नारा दुखी नेपालीमा परिणत भयो काँग्रेस नेतृ संग्रौला

  सरिता चलाउने २०७७ माघ २५ गते आइतबार १७:२९:४६ मा प्रकाशित

सरिता चलाउने माघ २५,सल्यान 
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्रीको सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भएको बताएकी छन् । कम्युनिस्ट सरकारले निर्वाचनको समयमा घोषणा गरेको कुनै एक योजना पनि कार्यन्वयन नभएको आरोप लगाइन । 

आइतबार सल्यान सदरमुकाम खलंगामा प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम नेतृ संग्रौलाले कम्युनिस्टको हातमा सरकार जाँदा जनताले दःुख  मात्र पाएको बताइन । उनले भनिन ‘जनता रोग र भोगले आक्रान्त भएको बेला निर्वाचनको घोषणा गरेर ओली सरकारले नौटंकी गरेको बताइन ।’  महिला संघकी र्पुव केन्द्रिय अध्यक्ष समेत रहनुभएकी संग्रोलाले कम्युनिस्टको सरकारले संविधानमाथि नै कु गरेर तानाशाही प्रवृति झल्काएको बताइन ।  

संग्रोलाले भनिन ‘कम्युनिस्टको सरकारकै कारण मुलुकमा दण्डहिनता र अराजकताले प्रसय पाएको छ, सरकारले राज्यको ढुकुटी रित्याउने काम गरेको छ , सरकार अधिनायकवादको बाटोमा जान खोजेको छ, जसले गर्दा सर्वहारा जनताले दुख भोग्नु परेको छ ।’तीन वर्षसम्म कमुनिस्ट सरकारले देशलाई समृद्धि तर्फ अघि बढाउने भन्दा पनि अराजकता, द्धन्द्ध, बलात्कार, भ्रष्टाचारलाई प्रशय दिएको उनको भनाई छ ।  

बहुमतको सरकारका प्रधानमन्त्रीले  केपी शर्मा ओली र प्रचण्डले पनि अहिले कांग्रेसको आस गर्न थालेको बताउनु भयो । अव सबैको आँखाले कांग्रेसमा नै भविश्य देखेकाले जनतालेपनि कांग्रेस सरकारलाई पर्खेको दावी गरिन । काँग्रेसले गरेको आन्दोलनको मुल जरो जनतामा पुगेको संग्रौलाको भनाई छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असैबैधानीक, अलोकतान्त्रिक तरिकारले संसद बिघटन गरेकाले सिधै संविधान र गणतन्त्र माथी प्रहार गरेको उनको भनाई छ । ओलीको संसद विघटनले देशलाई पूणः द्धन्द्धमा धकलेको जिकिर गरिन । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाइने भएपनि कानुन विपरित, संविधान विपरित कार्य गरेकाले काँग्रेस उक्त कदम सच्चिनु पर्नेमा जोड दिदै आइरहेको बताइन । संसद नहुँदा जनताको आवाजलाई मुखरित गर्ने थलोको रुपमा रहेको सडकमा उत्रिएको उनको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top