होमपेज / राजनीति
माघ १७,सल्यान
कर्णाली प्रदेशका आर्थिक तथा मामिला मन्त्री प्रकाश ज्वालाले राजनीति भन्दा जनजीविका, विकास र पछाडि परेका वर्ग र समुदायलाई प्राथमिकिता दिन मिडियाकर्मीलाई आग्रह गरेका छन् ।
मिडियामा राजनीतिक विषयलाई मात्र महत्व दिँदा विकास र पछाडी परेका वर्गका विषयले कम महत्व पाएकाले त्यसतर्फ पत्रकारको ध्यान जानु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको ५ औं साधारण सभामा बोल्दै मन्त्री ज्वालाले मिडियाको विकासका लागि कर्णाली प्रदेश सरकार सदैव लागि परेको बताए । सल्यानको पत्रकारितामा आफे विशेष साइनो भएकाले जिल्लाको पत्रकारिताको विकासमा हातेमालो गर्न पाउँदा आफूँलाई गर्व लागेको बताए ।
नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज समेत रहेका ज्वालाले संिवधानमा व्यवस्था नै नभएको कदम चाली प्रधानमन्त्रीले ओलीले संविधान माथि कु गरेको बताए । जनतालाई कुठाराघात गर्ने अधिकार कोही कसैलाई नभएको बताउँदै उनले प्रतिनिधि सभा विघट्न भएको जिकिर गरे । प्रधानमन्त्रीले चालेको कदम प्रतिगामी भएको दावी गर्दै नेता ज्वालाले जनताको भावना र मर्म विपरित कार्य नगर्न आग्रह गरे ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य गुलाब जंग शाहले राम्रा कामको प्रशंसा र नराम्रा कामको आलोचना गर्न आग्रह गरे । उनलेसल्यानको पत्रकारिता देशमै नमूना योग्य भएकोले यसको साख जोगाइराख्न सबै लाग्नु पर्ने बताए ।
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले पत्रकारहरु कुनैपनि कुरामा पक्ष विपक्ष नभइ एक भएर अघि बढ्दा सबैलाई फाइदा हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, पूर्ण प्रसाद चौलागाई, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दीपेन्द्र शर्मा, शारदा नगरपालिकाका उपमेयर सावित्रा बस्नेत, सल्यान शाखाका सल्लाहकार रमेश गौतम र सनत शर्मा, प्रेस युनियनका केन्द्रीय सदस्य युवराज रेग्मी लगायतले मन्तव्य राखेका थिए ।





.jpg)