ट्रेण्डिङ

होमपेज / राजनीति

मानव अधिकार तथा शान्ति समाज सल्यानको सभापतिमा विष्णु शर्मा

  सरिता चलाउने २०७७ माघ १५ गते बिहीबार १६:३४:४९ मा प्रकाशित

सरिता चलाउने माघ १५,सल्यान 
मावन अधिकार तथा शान्ति समाज सल्यानको सभापतिमा विष्णु कुमारी शर्मा निर्वाचित भएकी छन् । बिहिबार खलंगामा सम्पन्न समाजको साधारण सभाले शर्मालाई सभापतिमा निर्वाचित गरेको हो । 

साधारण सभाले उपसभापतिमा विमला डाँगी, सचिवमा दल बहादुर खड्का, सह सचिवमा अमर बहादुर गिरी र कोषाध्यक्षमा अंगेश्वर डाँगीलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा टेकम प्रसाद अधिकारी, जैसला गिरी, निर्मला योगी, डिल्ली प्रसाद जैशी, नर बहादुर विक, कमला वली रहेका छन् । 

समितिले पहिलो वैठ्कले चार जनालाई मनोनित समेत गरेको छ । जसमा राम बहादुर खड्का, झक्त बहादुर चन्द, खिम बहादुर कंवर र खिम बहादुर रावत मनोनित भएको नवनियुक्त सभापति विष्णु कुमारी शर्माले जानकारी दिइन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top