होमपेज / राजनीति
सरिता चलाउने माघ ४,सल्यान
सल्यानमा मतदाताहरुको संख्या १ लाख ४१ हजार २ सय २० पुगेको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार गएको तीन बर्षको अवधिमा मतदाताहरुको संख्यामा बढेको हो ।
२०७४ सालको निर्वाचनमा १ लाख ३४ हजार २ सय १३ रहेकोमा अहिले १ लाख ४१ हजार २ सय २० पुगेको निवार्चन अधिकृत मधुकर कुमार साहले जानकारी दिए । अहिले सरकाले मध्याबधी निर्वाचनको लागि २०७८ साल बैशाख १७ र २७ गते सम्पन्न गर्ने गरी मिति तोकिसकेकाले जिल्लामा पनि आवश्यक कार्यक्रमहरु अगाडी बढाइएको समेत उनले बताए । उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम जिल्लाका सबै स्थानिय तहमा संचालन गर्नका लागि ५ वटा मतदान केन्द्र थपेर १ सय ८५ वटा मतदान केन्द्र बनाईएको छ ।
यसैबिच मतदाता नामावली अध्यावधिक कार्यक्रमका बारेमा सल्यान जिल्लाका सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षता र जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको प्रमुख आथित्यतामा अनतरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बिष्टले मुलुकले शान्ति स्थायित्व कायम गर्नको लागी भएपनि निर्वाचको अर्काे विकल्प नभएको बताए ।
राजनितिक निकासका लागि निर्वाचनले थुप्रै परिवर्तन ल्याएको बताउदै उनले ढिलो चाडो भएपनि निर्वाचन हुने भएकाले यसमा राजनितिक दलहरु र सरोकारवाला निकायको महत्वपुर्ण भुमिका रहेको बताए । उनले बहुमत प्राप्त सरकारले संसद बिघटन गर्नु आफैँमा राम्रो नभएपनि मुलुकको निकासको लागी अबको बाटो निर्वाचन भएको भएको बताए । सरकारले विघटन गरेको संसद पुर्नस्थापना हुने या नहुने त्यो अदालतको पाटो भएकाले मुलुकलाई निकास दिनको लागी निर्वाचनमा हुनु आवश्यक रहेको बताए ।





.jpg)