होमपेज / राजनीति
पुष १२, सल्यान
हिन्दु राष्ट्र र राजसंस्थाको पुर्णस्थापनाको लागि लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले प्रदर्शन गरेको छ ।
देशको धर्म, संस्कृति,परम्परा र राष्ट्रियताको रक्षाको लागि राजसंस्था हिन्दु राष्ट्र पुर्णस्थापना गर्न आवश्यक रहेको प्रदर्शनमा बोल्ने बक्ताहरुले बताए छन् ।
गणतन्त्र, धर्मनिरपेक्षता, संघियता सबै खारेज गर्दै हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै निकालिएको ¥यालीले वजार परिक्रमा गरिएको थियो । ¥यालि पछी आयोजित कोणसभालाई सम्बोधन गर्ने बक्ताहरुले हिन्दु राष्ट्र कायम गर्न जोडदारसँग माग गरेका छन् । उनीहरुले अहिले देशले गणतन्त्र, धर्मनिरपेक्षता केही पनि थेग्न नसकेको बताउदैँ यी सबै खारेज गरेर राजसस्था र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका थिए । ¥यालीमा केन्द्रिय तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको पार्टीका जिल्ला सचिव नारायण कुमार शर्माले जानकारी दिए ।
.jpg)
देशलाई दल भन्दा माथी उठेर अभिभावकत्व प्रदान गर्न र एकतावद्ध बनाउन देशमा साझा संस्थाको रुपमा राजसंस्था रहनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानका सभापति नेत्रलाल श्रेष्टको भनाई छ ।
हिन्दु राष्ट्र, नेपालको पहिचान भएको उनले बताए । संघियता नेपाल जस्तो सानो देशलाई आवस्यक नभएको र प्रशासनिक व्ययभार मात्रै जनतालाई थपिने भएकाले संघियताको खारेजीको लागी पनि र्याली आयोजना गरिएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सल्यानले वर्तमान सरकार असफल भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएको छ । राप्रपा सल्यानले बिभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको छ ।





.jpg)