ट्रेण्डिङ

होमपेज / राजनीति

प्राविधिक शिक्षा कर्णाली प्रदेशको पहिलो प्राथमिकता : मन्त्री ज्वाला

  सरिता चलाउने २०७७ मंसिर १८ गते बिहीबार १९:४०:३६ मा प्रकाशित

सरिता चलाउने मंसिर १८,सल्यान 
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली  प्रदेश सरकारले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश  सरकारका तर्फबाट  प्राविधक शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक कार्यक्रम अघि बढाएको बताए ।  सल्यानमा शहिद नेत्रलाल  अभागि प्राबिधिक शिक्षालय भवनको उद्धघाटन कार्यक्रममा बोल्दै उनले अहिलेको युग भनेको प्राबिधिक शिक्षाको युग भएकाले अबको शिक्षा उत्पादन र स्वरोजगार  मुलक हुनु पर्ने बताए । 

शिक्षा बिना मान्छे अन्धो जस्तै हुने भएकाले मान्छेलाई अनुशासन बनाउन र आचरण बदल्नको लागि शिक्षा नै महत्वपूर्ण हुने मन्त्री ज्वालाले बताए ।  धेरै युवा युवतीहरुले डिग्रि पास गरेर प्रमाणपत्र बाकसमा थन्क्याउनु परेकाले अवको शिक्षा भनेको रोजगार र उत्पादनमा केन्द्रित हुनु पर्ने बताए । 

मन्त्री ज्वालाले भने ‘अवको युवा पढदै र सिप पनि सिक्दै जावस, रोजगारी पनि प्राप्त गर्दै जावस, रोजगारी प्राप्त गरेपछि आम्दानी पनि हुन्छ र आयस्रोत पनि बढछ । अवको शिक्षा समृद्धिको लागि हो ।’ 
अवको शिक्षालाई नमुना प्राबिधिकको रुपमा लैजानको लागि भौतिक पूर्बाधार निर्माण, अन्य बिषयहरुको पढाई पनि संचालन गर्नुपर्ने उनको भनाई छ । अहिले यहाँ इन्जिनियरिङ र पशु बिज्ञान बिषयको पठनपाठन भैरहेकाले यतिले मात्र नभएर वन बिज्ञान, कृषि बिज्ञान जस्ता बिषयथप्नु पर्ने बताए । प्राबिधिक शिक्षलय स्थापना भए पछि पहिले जिल्लाका बिद्यार्थीहरु प्राबिधिक तथा सिपमुलक शिक्षा आर्जनका लागी बाहिर गएको र  अहिले बाहिरी जिल्लाबाट बिद्यार्थीहरु शिक्षा आर्जनको लागी सल्यानमा आइरहेको मन्त्री ज्वालाको भनाई छ । 
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी, नेकपाका नेता रमेश मल्ल, प्राबिधिक शिक्षा तथा तालीम परिषदका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुली लगायतले बोल्नु भएको थियो । 

सिभिल ईन्जिनियरिङ्ग, निमल साईन्स डिप्लोमा अध्ययन हुने शहिद नेत्रलाल प्राविधिक शिक्षालयमा हाल २ सय विद्यार्थीले अध्ययन गर्दे आएका छन ।   शारदा नगरपालिका ४ साहुटोलमा रहेको प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माणका लागि करिव चार करोड रुपिँया खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top