ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा यसरी मनाइयो ७० औ प्रजातन्त्र दिवस

  सरिता चलाउने २०७६ फाल्गुण ७ गते बुधबार १६:५२:०८ मा प्रकाशित

सरिता चलाउने फागुन ७, सल्यान 
७० औ प्रजातन्त्र दिवस सल्यानमा पनि मनाईएको छ । जिल्ला समन्वय समीति सल्यानको आयोजनामा जिल्लाका बिभिन्न संघ सस्था, सरकारी कार्यलयहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थीतिमा दिवस मनाईएको हो ।

बुधबार  बिहान खंलगाको टुडिखेलबाट सुरु भएको  प्रभातफेरी सहित ¥याली नगर परिक्रममा गरी जिल्ला समन्वय समिती सल्यानको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पुर्बशिक्षा मन्त्री राजेन्द्र बहादुर शाहको प्रमुख आथित्यता तथा शारदा नगरपालीकाका प्रमुख शुरेस अधिकारीको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै पुर्बशिक्षा मन्त्री शाहले प्रजातन्त्र बाटै गणतन्त्रको सुरुवात भएकाले अब गणतन्त्रका कुरा गर्ने दिन  आएको बताउनु भयो । उहाँले प्रजातन्त्रले बनाएको शासन हराउदै गएकाले अब के हुने हो भन्ने पनि अन्यौल भएको बताउनु भयो । प्रजातन्त्रले बनाएको बिधिको शाषण र कानुन भन्दा अहिले कानुन फरक भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै शारदा नगरपालीकाका नगरप्रमुख  शुरेस अधिरीले प्रजातन्त्र ल्याउनलाई महान सहिदहरुले बलिदान दिएकाले बिधिको शाषणलाई टेकेर काम गर्नुपर्ने बताउनु भयो । कानुन भन्दा माथि कोही पनि नहुने भएकाले आफुले बिधिको शाषणलाई टेकेर काम गर्ने बताउनु भयो ।

जिल्ला समन्वय समती सल्यानका उपप्रमुख हरी प्रकाश बुढाथोकीको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिब राम पोख्रेल, नेपाली कागं्रेस सल्यानका उपसभापति निम बहादुर वलीले बोल्दै अहिले तिनै तहको सरकार आएकाले कानुनलाई पालन गरेर जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगायतको उपस्थिीति रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महाँसंघ सल्यानको सहसचिब शिब डागीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top