होमपेज / राजनीति
सरिता चलाउने असोज ३, सल्यान
पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले नेपाली समाजको चरित्र बदल्नको लागी ठुलो क्रम भंग गरेर संविधान ल्याएको बताएका छन् ।
संविधान ल्याउनको लागी नेपाली जनताले आफ्नो रगत, पसिना श्रमबाट नेपालमा पहिलो पटक नेपाली जनताले आफ्नो संविधान आफै बनाएको बताए ।
राष्टिय संविधान दिवसको अवसरमा सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बस्नेतले सबै पार्टीको साझा दस्तावेजको रुपमा संविधान आएको बताए ।
संविधानले नै राजनितिक पार्टीहरु एक ठाउँमा केन्द्रित भएको र राज्यको सबै तहमा प्रतिनिधित्वको व्यवस्था समेत गरेको दावी गरे । विगतका ६ वटा संविधान शाषकहरुले निमार्ण गरेकाले जनताप्रति उत्तरदायि हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नतेले संविधानले महिलाहरुलाई महत्वपुर्ण अवसर दिएको बताइन । हिजो चुलौ चौकोमा सितिम महिलाहरुलाई संविधानले बलियो र मुलधारमा ल्याउन सहयोग गरेको उनको भनाई छ । संविधानले नै व्यवस्था गरेकाले आज आफु पनि स्थानियतहको जनप्रतिनिधि भएर बोल्ने अवसर पाएको उनको भनाई छ ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुल्े संविधानले परिकल्पना गरे अननुसार ऐन नियम वनाएर कार्यान्वयन गर्नपर्नेमा ढिलाई भएको वताएका छन् ।





.jpg)