ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस सल्यानका पार्टी सचिवद्धारा आर्थिक सहयोग हस्तान्तरण

  सरिता चलाउने २०७७ भाद्र २५ गते बिहीबार १८:४७:४४ मा प्रकाशित

सरिता चलाउन भदौ २५, सल्यान
नेपाली कांगेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले युथ अफ सल्यान फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्  ।

आर्थिक अवस्था मकजोर भएका भई उपचारबाट बन्चित विपन्न परिवारहरुको उपचाररार्थ युथ अफ सल्यान फाउन्डेसनका अनिल भण्डारीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । भण्डारीले आफ्नो पहलमा जापानमा रहेका नेपालीहरुले संकलन गरेको  ६१ हजार  ५ सय २० रुपैयाँको चेक  सल्यान खलंगामा एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनलाई हस्तान्तरण गरेका छन्  । 

 आफुले कुनै राजनितिक हिसाबले नभई सामाजिक कार्यले सहयोग गरेको बताए । जो बिरामी भई आर्थिक अवस्था कमजोर हुँदा उपचारबाट बन्चित भएका छन त्यस्ता ब्यक्तिहरुको सहयोगका लागी रकम हस्तान्तरण गरेको भण्डारीको भनाई छ । उपचारबाट बन्चित बिरामीहरुका लागी जापानमा रहेका नेपालीहरुले आफ्नो खाजा खर्च कटाएर रकम संकलन गरेर पठाएकाले यो रकम सहि ठाउँमा सदुपयोग गर्न युथ अफ सल्यान फाउन्डेसनलाई आग्रह गरे  । 

युथ अफ सल्यान फाउन्डेसनले बिभिन्न सामाजिक कार्य गर्नुका साथै बिभिन्न सामाजिक कार्य गदै आर्थिक अवस्था कमजोर भई उपचारबाट बन्चित विपन्न परिवारहरुको लागी सहयोग गर्दैै आएको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top