ट्रेण्डिङ

होमपेज / राजनीति

संसदको अभ्यास गर्दै शारदा नगरपालिकाका युवाहरु

  सरिता चलाउने २०७७ असार २४ गते बुधबार १६:५९:४० मा प्रकाशित

सरिता चलाउने असार २४, सल्यान 
सल्यान स्थित टुडिखेलको हलमा बुधबार झट्ट हेर्दा अनौठो लाग्ने नयाँ बानेश्वरको संसद भवनजस्तै एकाएक रोमान्चित दृश्य देखियो । जहाँ युवा सांसदहरूले संसदको अभ्यास गरि रहेका थिए ।

कोही आफ्नो जातीय पोसाकमा पनि सजिएका थिए । सभामुखको दायाँतिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए । संसदहलमा जब बैठक सुचारु भएको जनाउ घण्टी बज्छ । 

हल बाहिर भएका माननीयज्यूहरुको पनि हलभित्र प्रवेश हन्छ । लगत्तै हलमा सांसद, प्रधानमन्त्री, मन्त्री, मर्यादापालक, दर्शकदीर्घामा रहेका सबै एकैसाथ उभिन्छन् ।सँगै राष्ट्रिय धुन पनि बज्छ । सभामुखले संसदको क्रमशः शून्य र विशेष समय सुरू भएको जानकारी गराएपछि सांसदहरुलाई बोल्न एक मिनेट र तीन मिनेटको समय दिन्छन । 
सांसदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, रोजगारी,युवा नीति निर्माण, सामाजिक विकृति र विंसंगति, लागूपदार्थ दुव्र्यसनी, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैंङ्गिक विभेद, दाइजोप्रथा, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम,साइवर क्राइम र यसको नियन्त्रण, प्रजनन स्वास्थ्यलगायतका क्षेत्रमा सरकारको काम आफ्नो धारणा तथा प्रश्नहरु राख्छन् । 

त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन थाले । संसद बैठकजस्तै देखिने यो दृश्य भने शारदा नगर कार्यपालिकाको कार्यालयले दोस्रो पटक आयोजनामा गरेको नमुना युवा संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको हो । नगरपालिकाभित्रका १६ वर्षदेखि २४ वर्ष उमेरका ३० जना तन्नेरी युवाहरुले देश चलाउने संसद अभ्यास गरेका थिए ।

राष्ट्रपति विर्मा भण्डारी, प्रधानमन्त्रीमा  रोषण विष्ट सभामुखा  रेखा बढाथोकी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा कमला बुढाथोकी, श्रम रोजगार तथा सामाजिक विकास मन्त्रीमा  पवन भण्डारी, युवा तथा खेलकुदमन्त्रीमा  लक्ष्मण बोहोरा, महासचिव साहिल थापा,  प्रमुख प्रतिपक्ष दलको प्रमुखमा  अनुप बुढाथोकी लगायतको  भूमिका साह्रै लोभ लाग्दो रहेको थियो । सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद गठन गरिएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने, सत्ता पक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका यावत कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् । 

भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवस्यक रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख लिला बहादुर बबलले बताए । 
समापन कार्यक्रममा बोल्दै मेयर सुरेश अधिकारीले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखे  । अधिकारीले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउदै राज्यलाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि नगरले यो कार्यक्रम गरेको जानकारी दिए  


युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदा युवालाई देशको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top