ट्रेण्डिङ

होमपेज / खेलकुद

सिद्ध कुमाख २ को प्रथम वडा कप खेलकुद सम्पन्न

  सल्यान खबर २०८० मंसिर ५ गते मंगलबार १८:५९:१४ मा प्रकाशित

मंसिर ५,सल्यान 
सल्यानको सिद्ध कुमाख गाउँपालिका २ को प्रथम वडा कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा वडाका विभिन्न टोलबाट खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । 

प्रतियोगितामा पुरुष भलिबल खेल तर्फ साबिक सिद्देश्वरी गाबिस वडा नः३ प्रथम ,साबिक वडा नम्बर ५ द्धितिय साबिक सिद्देश्वरी गाबिस वडा न ३ को भडारे टिम तृतीय स्थान हासिल गरेको छ। त्यस्तै महिला भलिबल तर्फ साबिक वडा नम्बर ०३ टाकुरा प्रथम, साबिक वडा न २ खानिगाउ द्वितीय र साबिक वडा न ५ कुयाझोल तृतीय भएका छन् । 

 त्यसै गरि पुरुष रस्साकस्सी  तर्फ साबिक वडा नम्बर ०३ बिजेता  बनेको छ भने महिला रस्साकस्सी  तर्फ पनि साबिक वडा नम्बर ०३ ले नै बिजय  हासिल गरेको छ।  महिला कुर्सी दौड  तर्फ साबिक  वडा नम्बर ०५ ले प्रथम ,साबिक वडा नम्बर ०४ ले द्वितीय र साबिक  वडा नम्बर ०५ ले तृतीय स्थान  बिजय हासिल गरेको छ।

प्रतियोगितामा विभिन्न स्थान ल्याउने खेलाडीलाई पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top