ट्रेण्डिङ

होमपेज / खेलकुद

नेदरल्यान्ड्ससँग ७ विकेटले हारेसँगै नेपालको क्रिकेट विश्वकप यात्रा अधुरो

  सल्यान खबर २०८० असार ९ गते शनिबार १८:४५:३६ मा प्रकाशित

नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ । जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको हो ।

नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए । त्यसैगरी सन्दीप लामिछानेले २७ बनाए भने कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । आरिफ शेख ६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३ विकेट लिए भने विक्रमजीत सिंहले २ र क्लाटन फ्लोयड तथा आर्यन दत्तले १-१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top