ट्रेण्डिङ

होमपेज / खेलकुद

कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता

  सल्यान खबर २०८० बैशाख १४ गते बिहीबार १५:१६:१७ मा प्रकाशित

 एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो । 

कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए। 

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।  

समूह एबाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल आज कतारविरुद्ध जित निकाल्दै समूह विजेता बन्न सफल भएको छ । नेपालले खेलेका ४ मध्ये ३ मा जित निकालेको छ भने एक खेल वर्षाले अवरुद्ध हुँदा साउदी अरेबियासँग अंक बाँडेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top