ट्रेण्डिङ

होमपेज / खेलकुद

बनगाड कुपिण्डे नगरपालिकाको दोश्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

  सल्यान खबर २०७९ फाल्गुण ११ गते बिहीबार १७:३५:१८ मा प्रकाशित

फागुन ११,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको दोश्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने मुल नाराका साथनगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारबाट सुरु भएको हो ।

प्रतियोगिताको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले उद्घाटन गर्नु भएको हो । स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन्। प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने छ । 

८ माध्यमिक विद्यालयका  १६ वटा बिधामा १३ गते सम्म खेलकुद हुनेछ । कार्यक्रमको सन्चालन समाजिक विकास समितीका संयोजक तथा ७ न वडाध्यक्ष जीवन सिंह ठकुरीले र  स्वागत मन्तव्य धुब्रा कुमारी थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top