होमपेज / खेलकुद
स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारीमा पुन: फर्किएका जिनेदिन जिदानले 'घर फर्किदा खुशी लागेको' प्रतिक्रिया दिएका छन्। उनले क्लब छाडेको १० महिनापछि पुन: प्रशिक्षकको जिम्मेवारी लिएका हुन्।
उनले स्यान्टियागो सोलारीलाई क्लबले हटाएपछि सो जिम्मेवारी पाएका हुन्। सोलारीले पछिल्लो ५ महिना क्लबलाई प्रशिक्षण दिएका थिए।
रियलका पूर्व मिडफिल्डरसमेत रहेका जिदानेले गत सिजनमा रियललाई च्यापियन्स लिगको उपाधि तेश्रोपटक जिताएका थिए। अब उनले क्लबको जिम्मेवारी सन् २०२२ सम्म सम्हाल्ने जनाएका छन्।
हाल स्पेनको घरेलु लिग ला लिगामा रियल शिर्षस्थानमा रहेको बार्सिलोना भन्दा १२ अंकले पछाडि रहेको छ।
जिदानेको फिर्तीपछि क्लब अध्यक्ष फ्लोरेन्टिनको पेरेजले संसारकै उत्कृष्ट प्रशिक्षकले क्लब सम्हालेको बताएका छन्। रियल यस वर्षको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न असफल रहेपछि सोलारीको पद धरापमा परेको थियो।
अजाक्ससँग ४-१ ले घरेलु मैदानमा स्तब्ध भएको रिलयलले समग्रमा ५-३ ले पराजित भएर बाहिरिन बाध्य भएको थियो।





.jpg)