ट्रेण्डिङ

होमपेज / खेलकुद

इबरविरुद्ध पहिलो हाफमै लियोनेल मेसीको ह्याट्रिक

  सल्यान खबर २०७६ फाल्गुण ११ गते आइतबार १५:०९:१९ मा प्रकाशित

फागुन १०, २०७६ काठमाडौं : लामो समयको गोलको खडेरी तोड्दै बार्सिलोनाका कप्तान लियोनेल मेसीले इबरविरुद्ध शनिबार रातिको खेलको पहिलो हाफमै ह्याट्रिक गरेका छन्। 

स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदान क्याम्प नोउमा भइरहेको खेलमा मेसीले पहिलो गोल खेलको १४औँ मिनेटमा इभान राकिटिकको पासमा गरे। त्यसपछि दोस्रो गोल खेलको ३७औँ मिनेटमा अर्ट्युरो भिदालले मिलाइदिएको पास इबरका रक्षकहरुलाई चिर्दै गरेका हुन्।

मेसीले त्यसको ३ मिनेट नबित्दै एन्टोइन ग्रिजम्यानले प्रहार गरेको बल इबरको डि बक्समा अल्मलिएको अवस्थामा गोल गर्न सफल भएका हुन्। 

चार खेलयता गोल गर्न नसकेका मेसीले आफूलाई उत्कृष्ट पुनरागमन गराउँदै पहिलो हाफमै ह्याट्रिक गरेका हुन्। उनको यो ह्याट्रिक यो सिजनको तेस्रो हो।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top